आजीवन डिम्याट र मेरोसेयर नविकरण योजना असार ३२ गतेसम्म रहने

0
Shares

एनआईबिएल एस क्यापिटल लिमिटेडले आजीवन डिम्याट र मेरोसेयर नविकरण गर्ने योजनानाको अवधि असार ३२ गतेसम्म थप गरेको छ ।

एकपटकमा दुई हजार रुपैयाँ भुक्तानी गरेपछि जीवनभरी डिम्याट र मेरोसेयर नवीकरण गर्नु नपर्नेगरी सञ्चालनमा ल्याइएको उक्त योजनाको म्याद अब २०७९ साल असार ३२ गतेसम्म रहने भएको छ ।

एनआईबिएल एस क्यापिटलले नयाँ वर्ष २०७९ को अवसरमा २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म सम्पूर्ण लगानीकर्ताहरुलाई विभिन्न आकर्षक योजनाहरु ल्याएको थियो । उक्त योजना बैशाख १ गतेदेखि सुरु भई ७९ दिनको लागि लागू गरेको थियो ।

असार १७ गते (गत शुक्रबार ) समाप्त भएको उक्त योजनामा ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै थप २ हप्ता सो योजना सञ्चालन गर्न लागिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

यो योजना नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने र योजनामा सहभागी भई डिम्याट र मेरोसेयर नविकरणको झन्झटबाट आजीवन मुतm हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई छ ।

एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मर्चेन्ट बैंकिङ्ग कम्पनी रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० असार २०७९, सोमबार  १९ : ०३ बजे