साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से १.९६ अंकले बढेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १८ कम्पनी मध्ये ११ कम्पनीको भाउ बढेसँगै नेप्से सामान्य बढेको हो ।
नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज ११ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा १८ कम्पनीको १ हजार ८६४ कित्ता सेयर ९ लाख ६८ हजार ७३६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेप्से १.९६ अंकले बढेसँगै सूचक २ हजार ७८ दशमलव ६३ बिन्दुमा पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया