
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड म्युचुअल फण्डको इकाई बिक्रीमा ल्याएको छ ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ नाम दिइएको दश वर्ष अवधिको उक्त फन्डमा लगानीकर्ताले छिटोमा असार २६ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।
उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।
लगानीकर्ताले फन्डको इकाईमा मेरो सेयरको मोबाइल एप तथा वेबसाइट र नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये कुल बिक्री इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोबल आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया