सुनको भाउ बुधबार एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएसँगै नेपालमा पनि मंगलबारको तुलनामा बुधबार उच्च रुपमा सुनको भाउ घटेको हो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । पहेँलो धातु अघिल्लो दिन मंगलबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तेजावी सुनको भाउ पनि १ हजार ६०० रुपैयाँले घटेको छ । आजको लागि तेजावी सुनको भाउ ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । मंगलबार तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार दिनको तुलनामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला चाँदी भाउ १ हजार १७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । मंगलबार प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७६७ र चाँदी प्रतिऔंस १९.१५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया