साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा उत्साह छाएको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका सबै ७ वटै कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।
नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीहरुको इजाजत दिनेगरी विनियमावली बनाएपछि लगानीकर्तामा आशा सञ्चार हुँदा सेयर बजारमा उत्साह थपिएको छ । आज नेप्से ५.८७ अंकले बढेर हरियाली छाएको छ । नेप्से बढेसँगै सूचक २ हजार ३६ दशमलव ४६ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ७ कम्पनी ११ हजार १०४ कित्ता सेयर ३७ लाख ७९ हजार १५९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया