अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

0
Shares

अर्थमन्त्री जनार्दन शर्मामाथि लागेका आरोपहरुको अध्ययनका लागि एघार सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।  सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको बुधबारको बैठकमा उक्त जानकारी दिएका हुन् । समितिमा ११ सांसद रहेका छन् ।

प्रतिनिधि सभा नियमावलीको २०७५ को नियम १७७ बमोजिम एक संसदिय छानबिन विशेष समिति गठन गर्न बाञ्छनीय हुने भएकाले प्रतिनिधि सभा नियमावली बमोजिम संसदिय छानबिन विशेष समिति गठन भएको जानकारी दिए ।

समितिमा एमालेका ४ सांसद, कांग्रेसका २ र माओवादी केन्द्रका २ तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक।एक सांसद सदस्य रहेका छन् ।

सभामुखका अनुसार एमालेका सांसदहरु खगराज अधिकारी, प्रदिप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, नेपाली कांग्रेसबाट सिताराम महतो, पुष्पा भुसाल गौतम, नेकपा माओवादी केन्द्रबाट देवप्रकाश गुरुङ, शक्ति बहादुर बस्नेत रहेका छन् । यस्तै एकीकृत समाजवादीबाट सरलाकुमारी यादव, जनता समाजवादीका नेता सुरेन्द्र प्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण रहेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

प्रचलित कानुनको अधिनमा रहि समिति आफैँले सभापतिको चयन एवं आफ्नो कार्यविधि व्यवस्थि तगर्न सक्नेछ । यस्तै समितिले आवश्यक देखेमा सम्बन्धीत अन्य व्यक्तिको सहयोग लिन सक्नेछन् । संसदीय समितिको कार्याअवधि कार्य प्रारम्भ गरेको मितिले दश दिनसम्मका लागि हुने सभामुख सापकोटाले जानकारी दिए ।

शर्मामाथि बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोप छ । संसदीय समितिले उक्त आरोपहरुमाथि छानबिन गर्नेछ । सोही विषयलाई लिएर संसद् र सडकमा प्रमुख प्रतिपक्षी एमालेले आवाज उठाएको थियो । उक्त दिनको सीसीटीभी फुटेज डिलिट गरिएको भन्ने सूचना आएपछि कांग्रेसका सांसदहरूले पनि अर्थमन्त्रिले राजीनामा दिनुपर्ने र छानबिन हुनुपर्ने माग गरेका थिए ।

समिति गठनअघि सभामुख अग्निप्रसाद सापकोटाले एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादील गायत राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका थिए ।

प्रतिनिधि सभा बैठक बुधबार ११ बजे बोलाइएको भएपनि दलहरूबीच सहमति हुन नसक्दा ४ बजेमात्र बैठक बसेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार  १६ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।