राजनीतिक अस्थिरताबाट गुज्रिँदै बेलायती सेयरबजार

0
Shares

बेलायतमा अर्थमन्त्री ऋषि सुनाकले राजीनामा दिएपछि ओरालो लागेको सेयरबजार केही अंकले बढेको छ ।

नयाँ अर्थमन्त्री नाधिम जहावीले कार्यभार सम्हालेपछि लगानीकर्ताहरु उत्सुक बनेका छन् । मंगलबार व्यापक सेलअफको सामना गरेको लन्डन स्टक एक्सेन्ज बुधबार १.७१ अंकले बढेको हो ।

यसै सम्बन्धमा लगानीकर्ताहरुले नव नियुक्त अर्थमन्त्रीका मौद्रिक तथा वित्तीय नीतिको बारेमा प्रष्ट रुपले थाहा नपाउँदा सम्म सेयरबजारमा उतारचढाव आइरहने सेयरबजार विशलेषकहरुले बताएका छन् ।

ऋषि सुनाकसँगै धेरै कर्मचारीहरुले राजीनामा दिएका छन् । संसदमा कोरिस जोन्सनकै राजीनामा माग भइरहेको समयमा नव नियुक्त पदाधिकारीसँग जोन्सनको समन्वय कस्तो रहन्छ भन्ने देख्नु बाँकी रहेको आरबीसी क्यापिटल मार्केटका विश्लेषकहरुले जनाएका छन् ।

डलर शक्तिशाली भएसँगै पाउन्ड स्ट्रलिङ २ वर्ष यताकै कमजोर हुन पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ असार २०७९, बिहीबार  १० : २० बजे