प्रि-ओपनिङ्गमा उत्साह, नेप्से साढे ७ अंकले बढ्यो

0
Shares

साताको पाँचौ कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा उत्साह छाएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका २८ मध्ये २३ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । ३ कम्पनीको भाउ घटेको छ भने २ कम्पनीको स्थीर रहेको छ ।

बिहीबार नेप्से ७.५७ अंकले बढेर हरियाली छाएको छ । नेप्से बढेसँगै सूचक २ हजार ५१ दशमलव ५० बिन्दुमा पुगेको छ ।

यस अवधिमा २८ कम्पनी ७ हजार १०४ कित्ता सेयर २७ लाख ७२ हजार ४४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।