अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएसँगै नेपालमा पनि सुनको भाउ उच्च रुपमा घटेको छ ।
पछिल्लो दुई दिनमा मात्रै सुुनको भाउ ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले घटेको सुन बिहीबार थप १ हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । पहेँलो धातु अघिल्लो दिन बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार तेजावी सुनको भाउ पनि १ हजार ४०० रुपैयाँले घटेको छ । आजको लागि तेजावी सुनको भाउ ९४ हजार १०० रुपैयाँ तोकिएको छ । बुधबार तेजावी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँले बढेको छ । बिहीबारको लागि प्रतितोला चाँदीको भाउ १ हजार १८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । बुधबार चाँदी ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७४६ र चाँदी प्रतिऔंस १९.३८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया