चीप उत्पादन बढेसँगै सामसुङको नाफा वृद्धि, सेयर मूल्य पनि बढ्यो

0
Shares

चीप उत्पादन तथा बिक्री बढेसँगै सामसुङ्को अप्रिल–जुनको कुल नाफा सन् २०१८ यताकै उच्च भएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङको दोस्रो त्रैमासको कुल नाफा १४ ट्रिलियन वोन रहेको छ । गत वर्षको तुलनामा यो वर्षको नाफा ११ प्रतिशतले बढेको हो।
कम्पनीले मनग्य नाफा कमाएपछि सामसुङको सेयर २.५ प्रतिशतले बढेको छ । दोस्रो त्रैमासको नाफा घोषणा गरेसँगै कम्पनीको सेयर १.५ प्रतिशत वृद्धि भएको थियो ।

विश्वव्यापी रुपमा व्याप्त चीप अभावलाई सम्बोधन गर्न सामसुङले टेक्सास, दक्षिण कोरियामा लगानी गरिरहेको छ । यससँगै सामसुङ विश्वव्यापी रुपमा मेमोरी चीप तथा स्मार्टफोन निर्माता कम्पनीहरु मध्ये पहिलो स्थानमा रहेको छ।

सामसुङले पहिलो त्रैमासमा ७४ लाख मोबाइल फोन बिक्री गरेको थियो । यस त्रैमासको नाफामा वृद्धि भएता पनि विश्वव्यापी रुपमा मुद्रास्फीति दर उच्च कायम रहँदा मोबाइल फोनको माग चिसिँदै गएको छ ।

मुद्रास्फीतिका कारण मोबाइलहरुको माग कम भएको र यसबाट विश्वव्यापी रुपमा मोबाइल कम्पनी प्रभावित भएको काउन्टरपोइन्टका सिनियर विश्लेषक जीन पार्कले बताएका छन्।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहीबार  १२ : २६ बजे