बिहीबार सेयर बजार परिसुचक नेप्से १६.६० अंकले घटेको छ । बजार खुलेको केही समय बढ्न खाजे पनि बिक्रीकर्ता हाबी भए पछि क्रमिक रुपमा ओरालो लागेको बजार २०२७.३२ अंकमा आएर अडिएको हो ।
२२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता सेयरहरु ३१ हजार २७६ पटक किनबेच हुँदा १ अर्ब ८० करोड ६२ लाख ४ हजार रुपैंयामा किनबेच भएका छन् ।
बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि ३७ करोड रुपैंयाले घटेको हो । बुधबार बजार १३.३३ अंकले बढ्दा २ अर्ब १७ करोड रुपैंयाको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका उपसूचकहरुमा म्युचुअल फण्ड समुह मात्र उकालो लागेको छ भने बाँकी सबै उपसमुहमा गिरावट आएको छ । जीवन बीमा समुहमा ११५.१७ अंकको गिरावट आएको बजारमा विकास बैंक ४६.२१, उत्पादन ४३.२, लघुवित्त ३७.३६, निर्जीवन बीमा ३३.६७, होटल तथा पर्यटन ३१.२४, व्यापार २३.४७, अन्य २२, जलविद्युत १५.९३, वाणिज्य बैंक ८.५७, वित्त ७.७९ र लगानी ०.५३ अंकले घटेका छन् ।
सामुहिक लगानी कोष तथा ऋणपत्रहरुको इकाई मूल्य केही मात्रामा बढेको बजारमा साना तथा मझौला कम्पनीहरुको सेयरमूल्यमा धेरै गिरावट आएको छ ।
कारोबार रकमका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको धेरै कारोबार भएको बजारमा अरुण काबेलीm शिवम् सिमेन्ट्स लगायतका कम्पनीले एलआईसीलाई पछ्याएका छन् ।
बिहीबार बजारमा आएको गिरावटसँगै समग्र बजार पूँजीकरण २८ खर्ब ९१ अर्ब ४७ करोड रुपैंयामा झरेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया