प्रि-ओपनिङ्गः नेप्सेमा हरियाली, नेप्से साढे ४ अंकले बढ्यो

0
Shares

साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि ओपनिङ्ग सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १२ कम्पनी मध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज २ कम्पनीको सेयरमूल्य घटेको छ । आज कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार  ११ : ०१ बजे