असार २६ गते आइतबार (आज) सेयर कारोबार बन्द रहेको छ ।
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिएका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द भएको हो ।
सरकारले आइतबार सार्वजनिक विदा दिएकाले अब सेयर कारोबार सोमबार मात्रै खुल्ने नेप्सले जनाएको छ ।
यस्तै, बकर ईदका कारण अन्य सरकारी संस्था तथा कार्यालयहरु पनि बन्द रहने छन् ।
यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ बिन्दुमा झरेर बन्द भएको छ । सोमबार यहि सूचकलाई आधार मानेर सेयर कारोबार खुला हुनेछ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया