सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रूपैयाँमा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला २०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार १०० रूपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार १८५ रूपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया