अर्थतन्त्र धरासायी भएसँगै श्रीलंकाको आवसीय जग्गाको मूल्यमा भारी गिरावट

0
Shares

श्रीलंका अहिले स्वतन्त्र राज्य घोषणा भएपछिको सबैभन्दा गम्भीर आर्थिक अभावबाट गुज्रिरहेको छ । अर्थतन्त्र धरासायी भएसँगै श्रीलंकाको आवसीय जग्गाको मूल्यमा भारी गिरावट आएको छ ।

सन् २०२१ को दोस्रो त्रैमासमा २४ लाख ८० हजार श्रीलंकन रुपी प्रति पर्च रहेको आवसीय जग्गाको मूल्य सन् २०२२ को दोस्रो त्रैमासमा आइपुग्दा ९ लाख १९ हजार रुपी प्रति पर्च रहेको छ । सन् २०२१ को तुलनामा सन् २०२२मा जग्गाको मूल्यमा ६२.९४ प्रतिशतले कमी आएको छ ।

यसैगरी सन् २०१९ मा १५ लाख ६० हजार रहेको आवसीय जग्गाको मूल्य सन् २०२०मा १७ लाख २० हजार पुगेको थियो । सन् २०१९ देखि सन् २०२० मा १०.२५ प्रतिशतले बढेको जग्गाको मूल्य सन् २०२० देखि २०२१ मा ४४.१८ प्रतिशतले बढेको थियो ।

देशको आर्थिक अवस्था अनुकुल हुँदा आकाशिएको घरजग्गाको मूल्य अवस्थम प्रतिकूल भएपछि भारी मात्रामा घटेको छ ।

सन् २०१९को अन्त्यबाट विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी, अनावश्यक रुपमा करमा दिइएको छुट, उच्च बाह्य ऋण, विदेशी सञ्चितिमा आएको भारी गिरावट, कोभिडका कारण आवतजावत बन्द भएपछि ठप्प भएको पर्यटन उद्योग जस्ता विभिन्न कारणहरुले श्रीलंकाली अर्थतन्त्र यो स्वरुपमा आएको अर्थशास्त्रीहरुले भन्दै आएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असार २०७९, आइतबार  १७ : १९ बजे