सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रूपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला २०० रुपैयाँ बढेर ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला १०० रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ३०० रूपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार १८५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । आइतबार पनि यहि भाउमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७४२ र चाँदी प्रतिऔंस १९.३१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया