मकाउमा ओमिक्रोनको सब-भेरियन्ट देखिएपछि जुवाघर तथा क्यासीनो बन्द

0
Shares

चीनको मकाउ सहरमा कोभिड–१९ संक्रमण फैलिएपछि एक साताको लागि मकाउमा अवस्थित जुवाघर तथा क्यासीनो बन्द भएका छन् ।

जुन महिनामा १५ सय संक्रमित भेटिएपछि मकाउको सथानीय प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सम्पूर्ण संघसंस्था बन्द गर्न आदेश दिएको हो ।

संसारको सबैभन्दा ठूलो जुवाघर रहेको मकाउमा विगत दुई वर्ष देखि क्यासीनोहरु बन्द भएका थिएनन् । क्यासीनोका अलावा स्कुल, रिक्रिइश्नल सेन्टर, सिनेमा हल, रेष्टुरेन्ट तथा बार पनि बन्द भएका छन् ।

९० प्रतिशत जनताले कोभिड–१९ विरुद्धको दुवै खोपहरु लगाएता पनि चीनले अवलम्बन गरेको शून्य सहिष्णुता नीतिका कारण मकाउ सहर लकडाउनमा गएको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २७ असार २०७९, सोमबार  १६ : ५२ बजे