वितरकहरुकाे माया र बलियो विश्वासले निरन्तर अग्रस्थानमा रहन सफल छौंः राजनबाबु श्रेष्ठ

0
Shares

सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले वितरकहरुले गरेको अगाध माया र बलियो विश्वासका कारण नेपाली बजारमा आफुहरु निरन्तर अग्रस्थानमा रहिरहन सफल रहेको धारण राखेका छन् ।

भारतीय एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै डिलर मिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

एक्साइडको डिलर मिट कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनीका सी.ई.ओ. श्रेष्ठले भने, “हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरुले हामीलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो ।”

कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो ।

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७९, बिहीबार  ११ : ३९ बजे