लगानी कोषद्वारा व्याजदर परिवर्तन

0
Shares

नागरिक लगानी कोषले २०७९ साउन १ गते देखी लागु हुने सहभागीहरुलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ ।

कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५० प्रतिशतको व्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पु¥याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।

त्यसैगरी मिति २०७९ साउन १ देखी लागु हुने गरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५० र सरल कर्जामा १०.५० प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७.५० प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।

कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७.५० प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दे आएको छ ।

राष्ट्र सेवक कर्मचारीहरुबाट आगमी बर्षको लागि आवश्यक पर्ने वीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय वीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।

प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार  १८ : २८ बजे