बरुण हाइड्रोपावरको समायोजित मूल्यमा कारोबार खुल्दै

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सोमबार सामायोजित सेयरमूल्यमा सेयर कारोबार खुला हुँदैछ ।

नेप्सेले कम्पनीको एक बराबर एक अनुपातको हकप्रद समायोजनपछि प्रतिकित्ता २७१ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । अब आज सोमबार दोस्रो बजारमा नेप्सेले समायोजन गरेको मूल्यलाई आधार मानेर कम्पनीको धितोपत्र कारोबार सुचारु हुनेछ ।

कम्पनीले जारी गर्न लागेको एक बराबर एक अनुपात १०० प्रतिशत) को हकप्रद जारी गर्न सोमबार बुकक्लोज तोकेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबार कायम अन्तिम मुल्यलाई आधार मानेर हकप्रद समायोजन गरेको हो । आइतबार कम्पनीको सेयर अन्तिम पटक ४४३ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ । चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ साउन २०७९, सोमबार  ०९ : ०० बजे