मंगलबार सुनको भाउ सोमबारको तुलनामा २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३०० रुपैयाँ तोकिएको छ ।
हिजो सोमबार छापावाल सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य अघिल्लो कारोबार मुल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । सोमबार चाँदी तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७१० र चाँदी प्रतिऔंस १८.७२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया