साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १६.२० अंकले बढेको छ । मंगलबार सहित नेप्सेमा लगातार सातौँ दिन बढोत्तरी देखिएको हो । यस अवधमिा नेप्से १३० अंकले बढेको छ । असार २७ गते सोमबार ७७ अंकले घटेपछि नेप्सेमा लगातार वृद्धि हुँदै आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार कूल २१३ वटा कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता सेयर खरिद बिक्री भएको छ । आज ३७ हजार ९७२ वटा संख्यामा भएको खरिद बिक्रीबाट कारोबार रकम २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रूपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्से ०.८० प्रतिशत बढेर २०४५ दशमलव ६३ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.८० अंकले बढेर ३९१.५६ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार कारोबारमा आएका सबै १३ उपसमूहगत सूचकमा हरियाली छाएको छ । फाइनान्स सबैभन्दा धेरै २.७७ प्रतिशतले बढेको बजारमा लघुवित्त १.८३, ब्यापार १.५९, उत्पादनमुलक १.२४, विकास बैंक १.१८ प्रतिशत र होटल १ प्रतिशतले बढेको छ ।
स्टकका अनुसार आज शिवम् सिमेन्टको सर्वाधिक १५ करोड ९७ लाख ७१ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालकै सर्वाधिक ओपिसि सिमेन्ट बिक्री गर्ने कम्पनी बनेसँगै कम्पनी कारोबारमा समेत अग्र स्थानमा रहँदै आएको छ । एभरेष्ट बैंक १० करोड ५ लाख, हिमालयन डिष्टिलरी ८ करोड ४८ लाख, एनआईसी एशिया बैंक ६ करोड ८८ लाख र अरुण काबेली पावरको ५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबारमा आएको छ ।

मंगलबारको बजारमा इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ८.०१ प्रतिशतले बढेर प्रतिसेयर मूल्य ८३६ रूपैयाँ पुगेको छ । यसैगरी गणपति लघुवित्तको ६.९४, ग्रीन भेञ्चर लिमिटेड ५.५४, आईसीएफसी फाइनान्स ५.२७ र गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सको ४.८१ प्रतिशतले बढेको छ ।
आजको बजारबाट डिबेञ्चरका लगानीकर्ताले धेरै गुमाएका छन् । सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य सबैभन्दा धेरै ७.७५ प्रतिशतले घटेर ९२२ रूपैयाँ ५० पैसामा झरेको छ । ग्लोबल डिबेञ्चर ८०।८१ को ५.७०, सनराइज बैंक डिबेञ्चर ३.९१, आरबिबि म्युचुअल फण्ड ३.२७ र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ३.२६ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया