सयपत्री हाइड्रोपावरको ७ करोड मूल्यको आईपीओ साउन १३ गतेदेखि

0
Shares

सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि ७ करोड २१ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले स्थानीय बासिन्दाको लागि निष्काशन गरी अवितरित भएको १ लाख २१ हजार ६० कित्ता समेत जोडेर कुल ७ करोड २१ लाख ६ हजार मूल्यको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर बिक्रीमा ल्याउनेछ ।

यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कुल जारी सेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । ६ लाख ७० हजार ५८६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा साउन १७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी आइएस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले ताराखोला गाउँपालिका–३ मा साढे दुई मेगावाटको ‘दरमखोला–ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ । कुल ५१ करोड रूपैयाँको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ साउन २०७९, बुधबार  ११ : ०० बजे