ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई किन्ने आज अन्तिम दिन

0
Shares

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई खरिदका लागि आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको थियो । मंगलबारसम्म प्राप्त आवेदन परेपछि बुधबार (साउन ४ गते) कार्यालय समयपछि निष्काशन बन्द गर्न लागिएको हो ।

दश वर्ष अवधिको बन्दमुखी योजनाको इकाईमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ श्रावण २०७९, बुधबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।