सुन चाँदी दुबैको भाउ बुधबार बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
मंगलबार घटेको सुनचाँदी दुबैको भाउ बुधबार पुनः सोही अनुपातमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।
हिजो मंगलबार तोलामा २०० रुपैयाँले घटेर छापावाल सुनको भाउ तोलामा ९३ हजार ८०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य अघिल्लो कारोबार मुल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । मंगलबार चाँदी तोलाको ५ रुपैयाँ घटेर १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७०९ र चाँदी प्रतिऔंस १८.७७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया