
नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभुति गर्ने भएको छ ।
सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा.भुषण गुरागाँईले हस्ताक्षर गरेका हुन् ।
सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १ सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको गरी जम्मा कुल ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।
आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया