सेयर बजारमा एक सातादेखि निरन्तर सुधार

0
Shares

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि झिनो अङ्कले उकालो लागेको छ । गत साताको मंगलबारदेखि उकालो लागेको नेप्से पछिल्लो ८ कारोबार दिनमा १३४.९८ अंक बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ ।

कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैँकिङ ०.६२, व्यापार १२.१७, होटल तथा पर्यटन ९.७५, जलविद्युत् १२.६२ र जीवन बीमा २८.२२ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै, विकास बैंक ५.३५, वित्त ३१.३६, निर्जीबन बीमा ५६.१९, उत्पादन ६३.४२, अन्य १७.२३, लघुवित्त ७.९९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४८ अङ्कले उकालो लाग्यो । आजको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब २८ अर्ब ३४ करोड ३६ लाख ५१ हजार ८८३ बराबर भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ४२ लाख ५९ हजार ९१७ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी सात करोड ३१ लाख ३६ हजार, आइसिएफसी फाइनान्स पाँच करोड ३१ लाख दुई हजार ८२७, गुर्खाज फाइनान्स पाँच करोड २२ लाख २९ हजार ७७१ र नेपाल पुनरबीमा कम्पनी पाँच करोड दुई लाख २० हजार ९३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स ५.६९, कर्णाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स कम्पनी ३.७८ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४७ प्रतिशतले कमाएका छन् ।

यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.३३, इमर्जिङ नेपाल ४.३१, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ३.९४, बैंक अफ काठमाडौँको ऋणपत्र ३.७७ र सिभिल बैंकको ऋणपत्रका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ साउन २०७९, बुधबार  १६ : ३० बजे