हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सूचीकृत भएको छ ।
नेप्सेका अनुसार एचआईडिसीएलको १ करोड ४९ लाख ६० हजार कित्ता र आइएमई जनरल इन्स्योरेन्सको ८ लाख १० हजार ३१० दशमलव २० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट एचआईडिसीएलले चुक्ता पुँजीको ८ प्रतिशत बोनस र आइएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस बुधबार सूचीकृत भएको हो ।
आज सूचीकृत भएको उक्त सेयर सम्बन्धीत कम्पनीको साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरुले डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया