
पोखराको अन्नपूर्ण केवलकारले सम्पूर्ण नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भाद्र ३१ गतेसम्म २० प्रतिशत प्रतिशत छुट दिने भएको छ ।
यसअघि नियमित मर्मत तथा सम्भारका लागि साउन ७ गतेसम्म बन्द रहने बताइएकोमा पूर्व निर्धारित समय भन्दा एक दिन अगावै साउन ६ गते देखि नै सञ्चालनमा आउने भएको छ ।
पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा श्रावण महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरवारसम्मको पैदल यात्रा गर्न सकिनेछ ।
साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुबिधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चारै तर्फको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ । साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ ।
पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईड देखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ः०० बजे देखि साँझ ६ः०० बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया