राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आगामी सोमबार मात्रै बाँडफाँड हुने भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साउन ९ गते सोमबार बिहान बाँडफाँड हुने भएको हो । उक्त सेयरको प्रिअलमेन्ट बिहीबार सम्पन्न भएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार न्यूनतम १० कित्ताको दरले २ लाख १७ हजार ६९४ जनाले मात्रै पाउनेछन् । हाइड्रोको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । १३ लाख २० हजार ९९४ जनाको भने हात खाली हुनेछ ।
कम्पनीको सेयरमा अन्तिम दिनसम्ममा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको ७.९३ गुणा बढी हो ।
कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी भएको ३७ हजार ६२३ कित्ता सहित कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका इकाईका लागि र ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो । २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मा गरिएको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया