सुनचाँदी दुबैको मूल्य बढ्यो, सुन तोलाको ९४ हजारमा पुग्यो

0
Shares


सुन चाँदी दुबैको भाउ शुक्रबार घटेको छ । शुक्रबार सुन तोलामा १ हजार रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । बिहीबार घटेको भाउ शुक्रबार पुनः बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

हिजो बिहीबार तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य अघिल्लो कारोबार मुल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी तोलाको १० रुपैयाँ घटेर १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७१४ र चाँदी प्रतिऔंस १८.७५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ साउन २०७९, शुक्रबार  ११ : २२ बजे