दुई महिनादेखि ओरालो लागेको एशियाली सेयर बजारमा सुधार

0
Shares

डलर शक्तिशाली हुँदा करिब दुई महिना सम्म अस्थीर रहेको एशियाली सेयरबजार बढेको छ ।

बिहीबार युरोपियन केन्द्रीय बैंकले ११ वर्षमा पहिलो पटक औसत ब्याज दर ०.५ प्रतिशतले वृद्धि गरेपछि एशियाली सेयरबजारमा हरियाली छाएको हो ।

जापानी सेयर सूचांक निकेइ ०.२४ प्रतिशतले बढेको छ । यसैगरी जापान बाहिरको एशिया–प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.०३ प्रतिशतले बढेको छ । दुई महिना निरन्तर ओरालो लागेको एमएससीआई यो साता बढेको छ ।

यसैगरी युरोपियन केन्द्रीय बैंकले औसत ब्याज दर बढाएपछि १ः१ को अनुपातमा रहेको युरो र डलर आज १ डलर बराबर १.०१९ युरोमा विनिमय भएको छ ।

यसैगरी हङकङको ह्याङसेङ सूचांक ०.१४ प्रतिशतले बढेको छ । यसैगरी नास्डाक फ्युचर्स ०.६८ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।