श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्नुभयो त ? यदि भनुभएको छैन भने भरि हाल्नुहोस् कम्पनीको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।
साउन ८ गते आइतबार कार्यालयम समयपछि आईपीओ निष्काशन बन्द हुने कम्पनीको धितापत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
आईपीओमा इच्छुक आवेदकले मेरो सेयरको मोबाइल एपतथा वेबसाइट र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था भएपनि १० कित्ता पनि गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने अवस्थाले १० कित्ताको सेयर आवेदन नै प्रयाप्त हुने देखिन्छ ।
आईपीओ जारी गर्न गरेको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी आइएस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई बाँडफाँड गरिएको छ । २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कति पर्यो आवेदन ?
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा साउन ६ गते शुक्रबारसम्म १० लाख ९२ हजार ९७८ वटा आवेदनबाट १ करोड २५ लाख ८२ हजार १५० कित्ता सेयर खरिदका लागि माग परेको छ । यो सर्वसाधारणबाट माग भएको सेयर संख्याको ५.५४ गुणा बढी हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया