अपर तामाकोशीले पूँजी वृद्धिको प्रस्ताव सहित भदौ ३ गते डाक्यो साधारण सभा

0
Shares

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी भदौ ३ गते १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार १४ औ वार्षिक साधारण सभा भदौ ३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान ११ बजे सभा आह्वान गरिएको छ ।

आयोजनाको लागत उच्च बढेर ८८ अर्ब माथि पुगेको कम्पनीले सभामा लगानीकर्तालाई कुनैपनि लाभांश प्रस्ताव गरिएको छैन । बरु सेयरधनीबाट थप पुँजी संकलनका लागि एक बराबर एक अनुपातमा हकप्रद बिक्री गरेर ऋण तिर्न पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।

सभामा सभाले कम्पनीको पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई अनुमोदन गर्ने,समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन गर्ने प्रस्ताव छ ।

यसैगरी अध्यक्षको आर्थिक वर्ष २०७७।७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८र७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन १८ गते बुधबार एक दिन सेयर दाखिल खारेजी गर्ने भएको छ । बुकक्लोज अनुसार अनुसार साउन १७ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र १४ औं वार्षिक साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ साउन २०७९, आइतबार  ०९ : १३ बजे