जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड १९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।
शनिबार प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५७ करोड ४७ लाख पुगेको छ । जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ९ करोड बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो ठूलो भारतामा ४ करोड ३८ लाख र फ्रान्समा ३ करोड ३६ लाख बढी छन् । यस अवधिमा ६४ लाख २ हजारले मृत्युवरण गरेका छन् भने ५४ करोड ४३ लाख बढी निको भएका छन् ।
१. अमेरिका ९,०३,५८,९८८
२. भारत ४,३८,४७,०६५
३. फ्रान्स ३,३६,२१,३१०
४. ब्राजिल ३,३५,५५,५२६
५. जर्मनी ३,०२, ३९,१२२
६. बेलायत २,३४, २२,७११
७. इटाली २,०५,३९,०१६
८. दक्षिण कोरिया १,९०,७७,६५९
९. रूस १,८२,४७, ७७०
१०. टर्की १,५५,२४,०७१
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया