फर्स्ट माइक्रोफाइनान्सले ८८ प्रतिशतले बढायो नाफा

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.८२ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

असार मसान्तसम्म कम्पनीले २६ करोड ८८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा २० करोड ९५ लाख ६९ हजार रहेको छ । यसबाट लघुवित्तले सेयरधनीलाई २१.७३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष ६६.२५ प्रतिशत, सापटी ९.८३ प्रतिशत र कर्जा लगानी २७.२२ प्रतिशत बढेको छ । यसैगरी समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.८४ प्रतिशत, सञ्चालन मुनाफा ९०.७२ प्रतिशत बढेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार फर्स्टले ९ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग सापटी लिएर अन्य लघुवित्त कम्पनीहरुलाई १० अर्ब ४० करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ४२ करोड ७२ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको सञ्चालन नाफा ३८ करोड ८४ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको फर्स्ट माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ बढेर २७.८८ रुपैयाँ पुगेको छ । लघुवित्तले जगेडा कोषमा ४४ करोड ६ लाख ८६ हजार रुपैयाँ सञ्चित गरेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १४५.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.२८ गुणा छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात शुन्य छ भने निक्षेप संकलन लागत ११.३८ प्रतिशत, आधारदर १२.९९ प्रतिशत र स्प्रेडदर २.६२ प्रतिशत मात्र रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ साउन २०७९, सोमबार  १० : ५६ बजे