नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले एक लघुवित्त र एक जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
बोर्डले खप्तड लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।
खप्तड लघुवित्तले साउन १० गते र इस्टर्न हाइड्रोपावरले साउन ९ गते आईपीओ निष्कासनको अनुमति पाएका हुन्। ।
सेबोनको अनुमतिसँगै अब खप्तड लघुवित्तले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्नेछ । जुन कम्पनीको चुक्तापुँजीको ३३ प्रतिशत बराबर हुन आउँछ।
यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
यसैगरी इस्टर्न हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ४० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जुन चुक्तापुँजीको २० प्रतिशत बराबरको हो।
यो हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि दुई चरणमा आईपीओ बिक्री गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया