एनआईसी एशिया लघुवित्तको नाफा साढे ५८ करोड, जगेडाकोष झनै मजबुत

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था (NICLBSL) ले गत आर्थिक वर्षमा ५८ करोड ५६ लाख खुद नाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनी खुद नाफा २४.४९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष लघुवित्तले ४७ करोड ४ लाख खुद नाफा गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशत तथा सञ्चालन मुनाफा ३१.७३ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६२ पैसा बढेर ३३ रुपैयाँ ६७ पैसा पुगेको छ।

एक अर्ब ७३ करोड ९४ लाख ४० हजार चुक्तापूँजी रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ४० करोड ८९ लाख छ । जगेडाकोष ६८.५६ प्रतिशतले बढेको हो । गत वर्ष लाभांस वितरण नगरेको लघुवित्तको जगेडामा उल्लेखीय सुधार देखिएको हो।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १६ अर्ब ३१ करोड कर्जा सापटी लिएको लघुवित्तले २१ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ भने ३ अर्ब ३५ करोड निक्षेप संकलन गरेको छ । लघुवित्तको सापटी ४.६१ प्रतिशत, निक्षेप २५.२० प्रतिशत र कर्जा २९.३४ प्रतिशत बढेको हो ।

लघुवित्तको निष्क्रिय कर्जा भने केहि बढेर १.४३ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी ३३.६७ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ साउन २०७९, बुधबार  ११ : १५ बजे