नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनचाँदीको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ।
चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया