भदौको अन्तिम साता भृकुटीमण्डपमा फर्निचर मेला

0
Shares

भदौको अन्तिम सातादेखि काठमाडौँको भृकुटीमण्डपमा आठौँ फर्निचर तथा फर्निसिङ मेला-२०७९ को आयोजना हुने भएको छ ।

दुई वर्षसम्म आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजना तथा इभेन्ट सोलुसन प्रालीको व्यवस्थापनमा आयोजना हुन लागेको हो ।

पाँच दिनसम्म चल्ने मेलामा एक सय २० भन्दा बढी कक्ष रहनेछन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मेलामा मुख्य आकर्षण रहनेछन् ।

मेलामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका प्रदर्शकको सहभागिता रहनेछ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालीका अनुसार एक्स्पोमा सहभागी हुनका लागि बुकिङ खुला गरिएको छ । साउन २३ गतेसम्ममा कक्ष बुकिङ गर्नेलाई कूल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक  पेज का थप  ट्वीटर  र  युट्युब मा हामीलाई फलो गर्न सकिन्छ।

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।