एनएमबि क्यापिटलले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्ने

0
Shares

एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ नामक म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ ।

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड-२ एक बन्दमुखि योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो । १२ करोड इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक तथा योजना व्यवस्थापकका लागि रहेको छ ।

१२ करोड इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। । लगानीकर्ताले न्यूनतम १०० सयदेखि एक करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन ।

सो योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ ९ गतेसम्म लम्बिनेछ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ निष्काशन गरिसकेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ साउन २०७९, बिहीबार  ०७ : ५४ बजे