शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। बिहीबार पनि सुनको मूल्य तोलमा ८ सय रुपैयाँले वृद्धि भएको थियो।
शुक्रबार नेपाल बजारमा छापावाल सुनको भाउ ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया