सिवाईसी नेपाल लघुवित्तको नाफा ५५% बढ्दा प्रतिशेयर आम्दानी ६६ रूपैयाँ कायम

0
Shares

सिवाईसी (CYCL)  नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष ०७८/०७९ मा  ८ करोड ३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षकोे तुलनामा ५५ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले ५ करोड १८ लाख रूपैयाँ खुद नाफा गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।कम्पनीको नाफा ६२.११ प्रतिशतले बढेको छ । गत आवमा ३ करोड ३८ लाख रूपैयाँभन्दा संचालन नाफा गरेको हो ।

गत आवमा कम्पनीले ९ करोड ८७ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेकाले खुद नाफामा वृद्धि भएको देखिन्छ ।

हाल कम्पनीको चुक्तापूँजी १२ करोड १६ लाख ४१ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकममा २८ करोड ८ लाख रूपैयाँ छ ।

कम्पनीले गत आवमा १ अर्ब ६४ करोड रूपैयाँभन्दा रकम सापटी लिएर ३ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने १ अर्ब ३९ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६६ रूपैयाँ ३ पैसा र प्रतिशेयर नेटवर्थ २३० रूपैयाँ ८६ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ साउन २०७९, शुक्रबार  ११ : २२ बजे