हिताचीका चार नयाँ उत्पादनहरू नेपाली बजारमा

0
Shares

हिताचीका चार नयाँ उत्पादन नेपाली बजारमा आएको छ।

हिताचीका ४ नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका हिताची फ्रन्ट लोड वासिङ मेसिन बीडी–डी १२० एक्सजीभी, कर्डलेस स्टिक भ्याकुम क्लिनर पीभी–एक्सएल २ के २४० यूएस, माइक्रोवेभ ओभन र आर–डब्ल्युबी ६४० भीओपीबी नेपाली बजारमा आएको हो।

यी उत्पादनहरु चौथो त्रैमासिकदेखि बजारमा उपलब्ध हुने हिताचीका व्यवसाय विकास विभाग (निर्याततर्फ)का महाप्रबन्धक तरुण जैनले बताए।

आरसेलिक र हिताची ग्लोबल लाइफ सोलुसन्स इंकबीचको संयुक्त उद्यमको रुपमा सन् २०२१ जुलाई १ मा हिताची स्थापित भएको थियो। आरसेलिक एस र हिताची जीएलएस इंकको रुपमा दुवैले अनुसन्धान र विकासजस्ता प्रमुख क्षेत्रमा विशेषज्ञता जोडेका छन्। आरसेलिकले लगातार आफ्नो घरायसी उपकरण व्यवसायलाई विश्वभर १५० देशमा विस्तार गरेको छ।

कम्पनीले युरोपसहित पछिल्लो दशकमा दक्षिण एसियामा बलियो रुपमा व्यवसाय विस्तार गरेको छ। हिताची जीएलसले मुख्यगरी दक्षिण पूर्व एसिया र मध्यपूर्वमा आफ्नो गृह उपकरण व्यवसाय सञ्चालन गर्दै आएको छ।

कम्पनीले यही साउन १३ मा मिडिया, कम्पनीका अधिकृत डिलर र हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रािलका प्रतिनिधिको उपस्थितिमा चार नयाँ उत्पादनबारे जानकारी दिएको हो। रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकमले नेपालमा हिताची होम अप्लाइन्सेस आधिकारिक वितरक हो।

रमेश कर्प संस्थाको शाखा – युनिभर्सल इलेक्ट्रोकम प्रा. लि.– नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो।

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ ।

ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ। हरेक नेपाली घरपरिवार माझ नया अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ साउन २०७९, शुक्रबार  १९ : ०७ बजे