नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार ९५ हजार १ सय रुपैयाँ रहेको थियो।
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया