कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व सङ्कलन

0
Shares

कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नौ अर्ब ५८ करोड २६लाख ५०हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार लक्ष्य राखिएको थियो । सङ्कलित यो राजश्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो ।

कार्यालयका अनुसार भन्सार महशुल तर्फ तीन अर्ब ५६ करोड ५५ लाख ७८ हजार, मुल्य अभिवृद्धि कर तर्फ तीन अर्ब ८६ करोड ४० लाख आठ हजार,अन्त शुःल्क तर्फ २३ करोड ९९ लाख ३६ हजार, र अन्य शीर्षक तर्फ एक अर्ब ९१ लाख ३१ लाख २८ह जार राजश्व असुली भएको छ ।

सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि कर तर्फ तीन अर्ब १० करोड १५ लाख ७७ हजार,भन्सार महशुल तर्फ पाँच अर्ब २२ करोड ४० लाख ६३ हजार, अन्तशुःल्क तर्फ २८ करोड ७६ लाख ६३१ र अन्य शीर्षक तर्फ तीन अर्ब २१ करोड छ लाख ४६ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।

लिइएको लक्ष्यमा गएको माघ महिनामा सबै भन्दा कम ६९.५२ प्रतिशत र सबैभन्दा बढी गएको साउन महिनामा ८९ दशमलब आठ प्रतिशत असुली भएको जनाइएको छ ।

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन,खयर कच्छ ,पिना भटमासको तेल,आदी छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ,मोटर पाट्र्सका साथै चामल, मकै, तोरी ,तरकारी लगाएतका खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापार भन्दा आयात व्यापार ठूलो मात्रामा रहेको छ ।

भारतवाट आउने सिमेन्टको आयात परिमाण भने पछिल्ला वर्षमा ह्वात्तै घटेको छ । यस क्षेत्रमा नेपाली सिमेन्टले बजार लिएपछि भारतीय सिमेन्टको आयात परिमाण घटेका स्थानीय व्यापारीले बताएका छन् । सिमेन्टको आयात घटेपनि अन्य वस्तुको आयात घट्न सकेको छैन । -रासस

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।