कोभिड–१९ संक्रमण फैलिएसँगै चीनका उद्योग, कलकारखाना सुस्ताउँदै

0
Shares

चीनमा कोभिड–१९ संक्रमणको नयाँ लहर चलेसँगै उद्योग तथा कलकारखानाहरुको उत्पादन तथा निर्माण कार्य सुस्ताएको छ ।

आइतबार प्रकाशित एक सर्वेका अनुसार कोभिड–१९ संक्रमण फैलिँदा, जुन महिनामा बढेको उत्पादन जुलाईमा घटेको छ ।

राष्ट्रिय तथ्यांङ्क ब्युरोका अनुसार निर्माण खरिद सूचांक (पीएमआई) जुलाई महिनामा ४९.० रहेको छ भने जुनमा ५०.२ थियो । उकत सूचांक तीन महिना यताकै न्युन विन्दुमा पुगेको हो ।

चीनको आर्थिक समृद्धिको स्रोत भनेको उत्पादन तथा बिक्री रहेको र उद्योग, कारखानाको उत्पादनमा आएको कमीले चीनको आर्थिक समृद्धिको स्तरमा गिरावट आएको राष्ट्रिय तथ्यांक ब्युरोका वरिष्ठ रणनीतिज्ञ हाव किङ्जेले बताएका छन् । उद्योग तथा कलकारखानाको उत्पादनमा कमी आउनुमा इन्धन तथा कच्चा पदार्थको मूल्यवृद्धि र चीनले अपनाएको शून्य कोभिड नीति रहेको उनले थपेका छन् ।

वल्र्ड इकोनोमिक्सका अनुसार चीनले अवलम्बन गरेको शून्य कोभिड नीतिले चीनका ४० प्रतिशत उद्योगहरु प्रभावित हुन पुगेको जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ साउन २०७९, आइतबार  १३ : १९ बजे