नेशनल माइक्रोफाइनान्सको ६० करोड बराबरको सेयर लिलामीमा

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५० तोकिएको छ। यस अनुसार कम्पनीले न्यूनतम मूल्यमा नै सेयर बिक्री गरेमा ५९ करोड ९० लाख ४ हजार ७५० रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । यस्तै यो सेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म बोलकबोल गर्न सकिने व्यवस्था छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

लघुवित्तले विद्ययमान शेयरधनीहरुका लागि यसअघि नै ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर विक्रीमा ल्याइसकेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ श्रावण २०७९, सोमबार  १० : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।