सुन र चाँदीको भाउमा सामान्य गिरावट

0
Shares

नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा सामान्य गिरावट आएकोे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा झरेको छ।

त्यस्तै सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७६०.७२ डलर र चाँदी २०.१४ डलरमा कारोबार भइरहेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ साउन २०७९, सोमबार  ११ : ४३ बजे