महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैंया बराबरको दश वर्षे अवधिको ऋणपत्र बिक्री गर्ने भएको छ ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँका दरले कुल १ अर्ब रुपैंयाको १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।
जसका लागि बैंकले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । श्रावण १६ गते सोमबार दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
उक्त ऋणपत्र मध्ये ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड बराबरको ऋणपत्र सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया